टोटेनहमका प्रशिक्षक पोचिटिनो बर्खास्त

डिसी नेपाल
४ मंसिर २०७६ ६:५५

एजेन्सी । प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ । प्रिमियर लिग क्लबमा ५ बर्ष बिताएका पोचिटिनालाई टोटेनहमले बर्खास्त गरेको हो ।

नयाँ सिजनमा क्लबको सुरुवात निकै निराशपुर्ण छ । क्लब अहिले तालिकाको १४ औ स्थानमा छ। ४७ बर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ ।

क्लबका अध्यक्ष ड्यानियल लेवीले भने, ‘हामी यस प्रकारको परिवर्तका लागि निकै अनिच्छुक छौ । यो त्यस्तो फैसला हैन कि जसलाई बोर्डले हल्का रुपमा लिएको छ । वा कुनै हतारोमा ।’ क्लबले अघिल्ल्लो सिजनको अन्त्य र नयाँ सिजनको सुरुवात अत्यन्तै निराशाजनक रहेको बताएको छ ।

पोचिटिनोलाई क्लबले सन् २०१४ मा अनुबन्धन गरेको थियो । उनकै नेतृत्वमा टोटेनहमले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो । मड्रिडमा भएको सो खेल टोटेनहमले लिभरपुलसंग गुमाएको थियो ।

साउथह्याम्टनका पुर्व प्रशिक्षक पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए । त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता समेत बनाएका थिए ।

तर क्लबको पछिल्लो प्रर्दशन निकै नाजुक थियो । टोेटनहम च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखको हातबाट घरेलु मैदानमा ७–२ ले हारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *