मन्त्रिपरिषद पुनर्गठन गर्नु अघि राष्ट्रपतिसँग प्रधानमन्त्री ओली र प्रचण्डको भेट

डिसी नेपाल
४ मंसिर २०७६ ११:२३

काठमाडौं। मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा रहेको प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा जारी भेटवार्तामा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भइरहेको शितल निवास स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि प्रधानमन्त्री ओली र प्रचण्ड शितल निवास गएका हुन्।

‘प्रधानमन्त्रीज्यू र प्रचण्डज्यू अहिले सम्माननीय राष्ट्रपतिसँग छलफलमा हुनुहुन्छ,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डिसी नेपालसँग भने, ‘अहिले पनि छलफल जारी छ।’

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपनि त्यसको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएका छैनन्। राष्ट्रपतिसँगको भेटपछि सोको जानकारी गराइने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *