युरोकप छनोटमा पोल्याण्डको संघर्षपुर्ण जित
एजेन्सी । युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा पोल्यान्डले स्लोभेनियामाथि संघषपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली पोल्यान्डले स्लोभेनियामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।
पोल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेवास्टिन, रोवर्ट लेवान्डोस्की र ज्याक गोरोल्सकीले गोल गरे । स्लोभेनियाका टिम माट्भाज र जोसिफ इलिसिसले गोल गरे ।
खेलको तेस्रो मिनेटमा सवास्टिनको गोलबाट पोल्यान्डले खेलमा अग्रता लिएको थियो । १४औं मिनेटमा टिमले बराबरी गोल फर्काए । ५४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–१ को अग्रता दिलाए । ६१औं मिनेटमा जोसिपले बराबरी गोल फर्काए ।
८१औं मिनेटमा ज्याकले गोल गर्दै पोल्यान्डलाई ३–२ को जित दिलाए । खेल सकिन ४ मिनेट बाँकी रहँदा स्लोभेनिया १० खेलाडीमा समेटियो । जस्मिन कुरटिकले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।
त्यसपछि थप गोल निस्कन नसक्दा पोल्यान्ड ३–२ ले विजयी रहन सफल भयो । जितसँगै पोल्यान्डले समूह ‘जी’ मा १० खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रह्यो । स्लोभेनिया १४ अंकसहित चौथो स्थानमा रह्यो ।
यही समूहको अर्को खेलमा लात्भियाले अष्ट्रियामाथि १–० को तथा नर्थ म्यासेडोनियाले इजरायलमाथि १–० कै जित निकाल्यो ।
Facebook Comment