सचिव सुवेदीद्वारा सूचना प्रविधि मन्त्रालयको कार्यभार ग्रहण

डिसी नेपाल
४ मंसिर २०७६ १२:४३

काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।

प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भएर आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

त्यस अवसरमा उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले संचार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा पनि गरेको बताए ।

‘मन्त्रालयको काम कार्वाहीलाई प्रभावकारी बनाउन म यहाँहरुको सहयोगको अपेक्षा गर्दछु, सचिव सुवेदीले भने,‘मेरा लागि यो विल्कुलै नयाँ क्षेत्र हो, यहाँहरुको सल्लाह, सुझाव र सहयोग मेरा लागि उपयोगी हुनेछ ।’ सचिव सुवेदीले मन्त्रालय नयाँ भएकाले त्यहाँ कार्यरत कर्मचारीहरु आफ्ना लागि सबै गुरु भएको पनि बताए ।

सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा संचार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए ।

यस अघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *