मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक जारी
काठमाडौं। मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताको बाँकी काम टुंगाउने विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले हटाउने मन्त्री र नयाँ अनुहारका विषयमा जानकारी गराउने बताइएको छ। यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल भएको थियो।
छलफल लगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शितल निवास पुगेका थिए। राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओली र प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका विषयमा जानकारी गराएका थिए।
राष्ट्रपतिसँगको भेटपछि नेकपा सचिवालय बैठक बसेको हो। सचिवालय बैठकपछि मन्त्रिपरिषद पुनर्गठन हुने बताइएको छ।
Facebook Comment