आफूलाई राजीनामा दिन भनिएको समाचार हल्लामात्र भएको उपसभामुखको दावी
काठमाडौं। प्रधानमन्त्रीले आफूलाई राजीनामा दिन भनेको दावीसहित आएका समाचार हल्ला मात्र भएको उपसभामुख शिवमाया तुम्बाहाम्फेले दावी गरेकी छिन् । उनले आफूलाई यस्तो कुनै पनि निर्देशन नदिइएको बताइन् ।
डिसीनेपालसँगको कुराकानीमा उनले पछिल्लो समय आफ्नो प्रधानमन्त्रीसँग भेट नै नभएको दावी गरिन् । ‘मैले पनि भर्खरै यो समाचारबारे थाहा पाएँ । अहिले त्यही समाचार हेर्दैछु । यो सूचना कसले दियो मलाई थाहा छैन तर मेरो प्रधानमन्त्रीसँग भेट भएको छैन । आज केही मिडियामा प्रधानमन्त्रीले उपभामुखलाई भेटेर मन्त्री बनाइदिने भन्दै राजीनामा दिन भनेको दावीसहितका समाचार आएका थिए ।
प्रतिक्रिया
Facebook Comment