आबुधाबीमा वर्षा भएपछि सन्दीपको टिमलाई फाइदा

डिसी नेपाल
४ मंसिर २०७६ १९:०४

काठमाडौं। यूएईमा जारी टी टेन लीग अन्तर्गत बुधबार नेपाली स्पीनर सन्दीप लामिछाने आवद्ध कर्नाटाका टकर्स र महराठा अरेबियनबीचको खेल वर्षाका कारण नतिजाबिहीन भएको छ। अरेबियनले पहिला ब्याटिंग गर्दै ४ विकेटमा १२९ रनको विशाल योगफल बनाएको थियो।

जितका लागि असम्भव जस्तै चुनौती पाएको कर्नाटाकाले ब्याटिंग गर्नु अघि नै आबुधाबीमा वर्षा भयो। खेल हुनै नसक्ने गरी वर्षा भएपछि दुबै टिमले एक एक अंक बाँडेका छन्। यो खेलपछि सुपर लीगमा कर्नाटाकाको ४ खेलबाट एक जित र एक जितबिहीनसहित ३ अंक भएको छ। अंक तालिकामा कर्नाटाका ६ औं नम्बरमा छ। उता अरेबियन भने ५ अंकका साथ दोस्रो स्थानमा छ। शीर्ष स्थानमा ६ अंकसहित डेक्कन ग्लाडियटर छ।

अरेबियनविरुद्धको खेलमा बुधबार सन्दीपले टिमका लागि पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिंग गरेका थिए। आफ्नो पहिलो ओभरमा सन्दीप निकै महँगो भएका छन्। तर, दोस्रो ओभरमा भने सन्दीपले निकै आक्रामक ब्याटिंग गरिरहेका आडम लिथलाई क्याच आउट गराए। सन्दीपले विकेट लिएपछि खेल हेर्न मैदान पुगेका नेपालीहरु खुशीले उफ्रेका थिए। लिथ १९ बलमा ५० रन बनाएर आउट भएका छन्।

सन्दीपको पहिलो ओभरकै पहिलो बलमा लिथले नै छक्का हानेका थिए। उनलाई आडम लिथले पहिलो बलमा छक्का हानेका थिए। दोस्रो बल डट खेलेका लिथले तेस्रो बलमा सन्दीपलाई फेरि छक्का हाने। चौथो र पाँचौ बलमा एक एक् रन दिएका सन्दीपले अन्तिम बलमा भने कुनै रन दिएनन्। उनले एक ओभरमा १४ रन दिएका छन्। यसअघिको खेलमा पनि सन्दीप निकै महंगो भएका थिए। कैरन पोलार्डले उनलाई लगातार ४ छक्का हानेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *