१६ महिनादेखि बेपत्ता भएका पत्रकार खड्काको सामान भेटियो

डिसी नेपाल
४ मंसिर २०७६ २३:१४

बाजुरा । गत वर्ष बाजुराको बुढीनन्दा दर्शन गर्न गएको बेला बेपत्ता भएका पत्रकार तेजु खड्काको केही सामान भेटिएको छ ।

गत वर्षको भदौ ९ देखि बेपत्ता भएका खड्काको १४ महिनापछि पर्स, झोला, जकेट, मोबायल लगायतका सामानहरु भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयले लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीको टोली सो ठाउँमा खोजी कार्यका लागि गएको थियो । सामान भेटिएको ठाउँमा मानव कंकाल भेटिएकाले खड्काको मृत्यु भएको आशंका गरिएको स्थानीयले बताएका छन् ।

भेटिएको पर्समा पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको थियो । अवशेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरी टोली सोमबार नै घटनास्थलतर्फ गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *