ब्राजिलका राष्ट्रपतिद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी

डिसी नेपाल
५ मंसिर २०७६ ६:२३

रियो दि जेनेरियो, ब्राजिल । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ (पीएसएल) बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेका छन् ।

ब्राजिलको राष्ट्रपति हुन अबसर प्रदान गरेको ‘सोसल लिबरल पार्टी’बाट छुट्टिएर नयाँ राजनीतिक दल खोल्ने तयारी गरेको उनका निकट स्रोतहरूले बताएका ब्राजिलियाली सञ्चारमाध्यमले जनाएका छन् ।

बोल्सोनारो राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि उक्त पार्टीमा गत बर्ष जोडिएका थिए । तर उनि र पार्टी अध्यक्ष लुसियानो बिभरबीच केही महिनादेखि तनाब चर्किएको थियो । बोल्सोनारो र बिभरबीचको विवाद बढ्दै गएपछि राष्ट्रपतिले नयाँ दल खोल्ने तयारी गरेको बताइएको छ ।

ब्राजिलियाली राष्ट्रपतिले अलायन्स फर ब्राजिल नामक नयाँ पार्टी खोल्ने अनौपचारिक चर्चा भने यस पहिले नै आएका थिए । तर नयाँ दलको स्थापना भएको घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ । उक्त दलले आगामी मार्चसम्ममा राष्ट्रिय दलको रूपमा दर्ता प्रक्रियालाई पूरा गर्ने तयारी रहेको बताइएको छ ।

बोल्सोनारो अलग्एिपछि उक्त दलले एक भेला गरी बिभरलाई दलको सम्पूर्ण राजनीतिक नेतृत्व लिनेगरी जिम्मेवारी तोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *