पूर्वाग्रह र लेनदेनका आधारमा मन्त्रिपरिषद पुनर्गठन : प्रभु साह

डिसी नेपाल
५ मंसिर २०७६ १०:४८

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद पुनर्गठनको विषयमा नेकपाभित्रै असन्तुष्टि देखिएको छ। प्रधानमन्त्री ओलीले योग्य र सक्षमलाई अवसर दिने भन्दै बुधबार दुई राज्यमन्त्रीसहित आठ जनालाई पदमुक्त गर्दै तीन राज्यमन्त्रीसहित नौ जना मन्त्रीलाई नियुक्त गरेका थिए।

तर प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद पुनर्गठनमा पर्ने अपेक्षा गरिएका नेकपा नेता प्रभु साहले भने गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

साहले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिएपनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद पुनर्गठन गरिएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो ।मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *