राम नामको बिकिनी टप लगाउँदा संकटमा वाणी कपुर
मुम्बई। बलिउड अभिनेत्री वाणी कपुरले ११ नोभेम्बरमा एउटा फोटो आफ्नो इन्स्टाग्राम पेशमा शेयर गरेकी थिइन्। जसमा उनले राम नाम लेखेको बिकिनी टप लगाएकी थिइन्।
उनले लगाएको टपमा भगवान रामको नाम देखेर समाजिक संजाल प्रयोगकर्ता भड्किएका थिए। वाणीले भगवान श्रीरामको अपमान गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो र उनलाई बयान दिन बोलाइएको थियो।
भारतीय संचारमाध्यमका अनुसार मुम्बईको एनएम जोशी मार्ग प्रहरी स्टेशनमा रमा सावंत नामकी एक महिलाले वाणी विरुद्ध उजुरी दिएकी थिइन्। उजुरीमा वाणीले मानिसको धार्मिक भावनामाथि खेलवाड गरेको उल्लेख छ। रमाका अनुसार प्रहरीले उनलाई आफ्नो बयान रेडर्क गराउन बोलाएको थियो।
वाणीले इन्स्टाग्राममा नराम्रोसँग ट्रोल भएपछि उक्त फोटो हटाएकी थिइन्। यद्यपी त्यो बेलासम्म फोटो भाइरल भइसकेको थियो। ट्रोल गर्दै एक जना युजरले लेखेका थिए–मानिसहरु यस्तो कपडा किन लगाउँछन् भन्ने महत्वपूर्ण प्रश्न हो। उनीहरु प्रत्येक चीजलाई फेशनका रुपमा उपयोग गर्छन्। किनभने हामीले कुनै एक्शन लिँदैनौं। यस्तो फोटो तत्काल हटाउनुपर्छ।
Facebook Comment