कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने नवनियुक्त मन्त्री त्रिपाठीको प्रतिवद्धता

डिसी नेपाल
५ मंसिर २०७६ १५:३३

काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफु लागिपर्ने बताएका हुन्। बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका मन्त्री त्रिपाठीले दिउसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै संचारकर्मीमाझ स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए।

मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताए। उनले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *