सत्तारुढ दलबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको काँग्रेसको आरोप

डिसी नेपाल
५ मंसिर २०७६ १६:२१

काठमाडौं। सरकार र सत्तारुढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको समयमा पनि सरकार र सत्तारुढ दलसम्बद्ध व्यक्तिहरुबाट आचारसंहिता उल्लंघन भएको काँग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

काँग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा उप निर्वाचन अनुगमन तथा निर्वाचन समन्वय समिति गठन गरेको छ। सो समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा नयाँ योजना लागु गरिएको जस्ता आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा समितिका संयोजक लेखकले भने, ‘पछिल्लो समयमा निरन्तर आचारसंहिता विपरित सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गर्ने काम भइरहेका छन् । उप–निर्वाचन हुने स्थानहरुमा सरकार र सो सम्वद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने लगायतका क्रियाकलाप भएका छन्।’

काँग्रेसले अगाडि भनेको छ, ‘यस्ता कार्यहरुको हामी घोर भत्र्सना गर्दछौं र आचार संहिता विपरितका यस किसिमका गतिविधिहरु भ्विष्यमा नदोहो¥यउन पनि सचेत गर्दछौं।’

यही मंसिर १४ गते एक प्रतिनिधिसभा, ३ प्रदेशसभा, एक उपमहानगरपालिका मेयर, गाउँपालिका अध्यक्ष ३, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि निर्वाचन हुँदैछ। काँग्रेसले निर्वाचन हुने जिल्लामा अनुगमन तथा समन्वयका लागि निर्वाचित जिल्ला सचिबको संयोजकत्वमा जिल्लास्तरीय समिति पनि गठन गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *