पदबहालीलगत्तै महिलामन्त्री गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

डिसी नेपाल
६ मंसिर २०७६ ७:१०

काठमाडौं। महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्दार गराएका छन्।।

राष्ट्रपति बिद्यादेवी भण्डारीबाट शीतलनिवाशमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा पुगेर पदबहाली गरेलगत्तै डोल्पा र सल्यानमा दुई महिलाको ज्यान जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो।

मन्त्री गुरुङको क्वीक एक्शनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो।

दुवै गर्भवती महिला सुत्केरी हुन नसकी अचेत बनेकी थिइन् । सुत्केरी हुन नसकी गर्भवती महिला अचेत बनेको सूचना मन्त्रालयमा आएलगत्तै क्वीक एक्शन गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम भेगमा रहेका गर्भवती महिलाहरु उपचारको अभावमा ज्यान जाने घटना रोक्न राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू गरेको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो कामको नेतृत्व गर्दै आएको छ।

मन्त्री गुरुङले मन्त्रालयको कार्यभार सम्हालेपछि दुई महिलाको उद्दार गरेसँगै अहिलेसम्म ६२ जनाको ज्यान बचेको छ। पदबहालीकै क्रममा मन्त्री गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिक जस्तो अति संवेदनशील मानिएको क्षेत्र भएकोले अन्य मन्त्रालयमा जस्तो ढिलासुस्ती र काममा उत्तरुदायीबिहीनता हुनै नहुने आफ्नो बटमलाइन सुनएका थिए।

उनले सवै कर्मचारीले तोकिएको जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्दै कसैको मुख नताकी ज्यान जोखिममा परेका महिलाको उद्दार कार्यमा एक सेकन्ड पनि समय नलिन कर्मचारीलाई निर्देशन दिएका थिए। ज्यान जोखिममा परेका घाइते वा सुत्केरी महिलाको उद्दारको बिषयमा कुनै कन्जुस्र्याई नगर्ने घोषणा मन्त्री गुरुङले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *