के टोटेनहम फर्कलान त वेल? रियल पूर्व अध्यक्ष यस्तो भन्छन्
एजेन्सी । रियल मड्रिडका पुर्व अध्यक्ष रमन काल्डरनले ग्यारेथ वेल पुनः टोटेनहममा फर्कन आवश्यक रहेको बताएका छन् । स्पेनिस महारथी क्लबका पुर्व अध्यक्ष काल्डरनले वेल टोटनहम फर्कनु समस्या समाधानको उत्कृष्ट विकल्प हुने बताए ।
३० बर्षका वेलले वेल्स युरोकपमा छनोट भएपछि राष्ट्रिय झण्डामा लेखिएको वेल्स, गल्फ र मड्रिड, इन द्याट अर्डर भन्दै खुसीयाली मनाएका थिए । काल्डरनले वेललाई यदी झण्डामा लेखिएको बिषय थाहा भए, त्यो बचपना रहेको बताए ।
माउरिसियो पोचिटिकोलाई स्थानान्तरण गर्दै जोसे माउरिन्हो क्लबमा आएपछि काल्डरनले वेल पुन नर्थ लण्डन क्लब फर्कन सक्ने बताएका छन् । उनैले ६ बर्ष अघि मड्रिडबाट विश्व कीर्तिमानी मुल्यमा बेललाई टोटेनहमबाट स्पेन ल्याएका थिए ।
‘यो सत्य हो, माउरिन्होलाई वेल मन पर्छ ।’ काल्डरनले भनेका छन्, ‘सन् २०१७ मा उनीले म्यान्चेष्टर युनाईटेडमा अनुबन्धनको प्रयास गरेका थिए । तर रियल मड्रिडले वेलसंगको सम्झौता नविकरण गरेको थियो ।’
वेलले क्लब भन्दा वेल्स र गल्फलाई प्राथमिकतामा राखेको भन्दै आलोचना सुरु भएको छ । चार पटकका च्याम्पियन्स लिग विजेता वेल गत जुलाईमा चाईनिज क्लब जान लागेका थिए । तर अन्तिममा रियल मड्रिडले उनलाई रोकेको थियो ।
Facebook Comment