भारत र बंगलादेशबीचको पहिलो डे/नाइट टेस्ट क्रिकेट आजदेखि
एजेन्सी । भारत र बंगलादेशबीचको पहिलो ऐतिहासिक डे/नाइट टेस्ट क्रिकेट आजबाट कोलकत्तामा सुरु हुँदैछ । दोस्रो टेस्ट नेपाली समय अनुसार इडेन गार्डेनमा दिउसो सवा एक बजेबाट सुरु हुनेछ ।
दुइ टेस्ट सिरिजमा घरेलु टोली भारत एक शुन्यले अघि रहेको छ । यसअघि इन्दोरमा भएको खेलमा बंगलादेश एक पारी र एक सय ३० रनले पराजित भएको थियो । दोस्रो टेस्ट पनि जित्दै भारत सिरिज क्लिन स्विप गर्ने लाउमा छ ।
पहिलो टेस्ट तीन दिनमानै सकिएको थियो । जसमा भारतका मंयक अग्रवालले दुइ सय ४३ रनको शानदार पारी खेलेका थिए । बंगलादेश पहिलो पारीमा एक सय ५० र दोस्रो पारीमा दुइ सय १३ रनमा अल आउट भएको थियो ।
भारतीय क्रिकेट बोर्डको अध्यक्ष बनेपछि सौरभ गांगुलीले डे/नाइट टेस्टलाइ आफ्नो पहिलो उपलब्धि मानेका छन । उनैले बंगलादेशलाइ डे÷नाइट टेस्टको लागि राजी गराएका थिए । खेलमा पिंक वलको प्रयोग हुनेछ ।
Facebook Comment