आफ्नो इतिहासकै पहिलो डे–नाइट टेस्ट स्मरणीय बनाउन इडन गार्डेनमा के के गर्दैछ भारत?
काठमाडौं। विश्व क्रिकेटमा दबदबा भएर पनि अहिलेसम्म दिन–रातको टेस्ट नखेलेको भारत आज आफ्नो इतिहासकै पहिलो डे–नाइट टेस्ट खेल्दैछ । आज सुरु हुने बंगलादेशविरुद्धको डे नाइट टेस्ट २६ नोभेम्बरम्म चल्नेछ । कोलकाताको इडन गार्डेन्समा खेल आज दिउँसो नेपाली समयअनुसार सवा १ बजे सुरु हुनेछ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)का अध्यक्ष सौरभ गांगुली यो टेस्टका लागि निकै उत्साहित छन् । यो खेलमा सबथोक अनुकूल रहोस् भनेर यसको पूरै जिम्मेवारी गांगुली आफैंले लिएका छन् । यो ऐतिहासिक खेलको सुरुवात प्याराट्रुपर्स इडन गार्डेनमा अवतरण गरेसँगै हुनेछ । प्याराट्रुपर्सले उड्दै आएर दुवै कप्तानलाई गुलाबी बल दिनेछन् । त्यसपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले घण्टी बजाएर खेल सुरुवात गर्नेछन् ।
आज स्थानीइ समयअनुसार सवा १२ बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी इडन गार्डेन आउनेछन् । बीसीसीआइ अध्यक्ष सौरभ गांगुली र बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले उनीहरुको स्वागत गर्नेछन् । त्यसपछि दुवै देशका कप्तानले आफ्ना अेलाडीहरुलाई उनीहरुसँग परिचय गराउनेछन् । साढे १२ बजे टस हुनेछ । १२ बजेर ५४ मिनेटमा दुवै देशका खेलाडीले आ–आफ्नो राष्ट्रगान गाउनेछन् । दिउँसो १ बजे खेल सुरु हुनेछ ।
Facebook Comment