बस स्टपमा अचानक चल्न थाल्यो ब्लु फिल्म, मानिसहरुले भिडियो भाइरल गरिदिए
काठमाडौं। बस स्टपमा अचानक ब्लु फिल्म चल्न लागेपछि त्यहाँ बसिरहेका मानिसहरु अक्क न बक्क भएका छन् । बस स्टपमा जडान गरिएको फेयर कलेक्सन मेसिनमा अचानक ब्लु फिल्म चल्न थालेको हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा यस्तो भएपछि मानिसहरुले त्यसको भिडियो खिचेर भाइरल बनाइदिएका छन् ।
भोपालको होशंगाबाद रोडस्थित एक बस स्टपमा जडान गरिएको फेयर कलेक्सन मेसिनमा ब्लु फिल्म चलेको भारतीइ मिडिया आज तकले लेखेको छ । यो बस स्टपमा भोपाल सिटी लिंक लिमिटेड (बीसीसीएल)द्वारा संचालित बस चल्छन् । बसहरु नगर निगमका हुन् र तिनीहरुको प्रबन्धन बीसीसीएलले गर्छ । यो घटना सार्वजनिक भएपछि नगर निगम प्रशासन र बीसीसीएलको कार्यालयमा हल्लाखल्ला भएको थियो ।
जुन स्टपमा ब्लु फिल्म चल्यो त्यस आसपास हजारौंको संख्यामा कलेज पढ्ने विद्यार्थीहरु बस्ने र धेरैजसो छात्राहरुले यही स्टपबाट बस चढ्ने गरेको समाचारमा उल्लेख छ । बीसीसीएलका निर्देशक केवल मिश्राले आज तकसँग कुरा गर्दै जाँचमा मेसिनको सफ्टवेयरमा ब्लु फिल्म २८ अक्टोबरमा अपलोड गरिएको पाइएको बताए । यो कसले गरेको हो भन्ने खुल्न नसकेको र साइबर सेलले यस विषयमा अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।
Facebook Comment