‘सी चिनफिङ विचारधारा’मा बहस

डिसी नेपाल
६ मंसिर २०७६ १४:४४

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा आज यहाँ आयोजित नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयक अन्तक्र्रियामा उनले समाज एक चीन नीतिको पक्षमा उभिँदै नेपाली भूमि चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्ने अभियानमा अगाडि बढेको जानकारी दिए।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल–चीनबीचको सम्बन्धमा नयाँ युगको शुरुआत भएको र भ्रमणले दुई देशबीचको व्यापार, पारवहन तथा उत्तरी सीमा नाका खोल्नेलगायत महत्वपूर्ण काम भएको उल्लेख गरे।

सो अवसरमा पूर्वमन्त्री तथा समाजका संरक्षक आनन्दप्रसाद पोखरेलले कार्यक्रम एकअर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई बुझ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे।

उनले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक र भौगोलिक आधारमा केही भिन्नता भएपनि दुवै देशको गन्तव्य दुई राष्ट्रको समृद्धि नै भएको बताए।

कार्र्यक्रममा चिनियाँ प्रा डा ओयु लिमिङले आर्थिक समृद्धिका लागि निरन्तरता चाहिन्छ भन्ने कुरा चिनफिङ विचारधाराबाट सिक्न सकिने बताए। समाजले नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि काम गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *