१६ वर्षपछि हंगामाको सिक्वेल बन्ने

डिसी नेपाल
६ मंसिर २०७६ १६:०३

मुम्बई । बलिउडका चर्चित कमेडी फिल्म निर्देशक प्रियदर्शन ६ बर्षपछि आफ्नो १६ बर्ष अघिको फिल्म हंगामाको सिक्वेल लिएर आउने भएका छन् । प्रियदर्शनले हंगामा-२ बनाउने घोषणा गरेसँगै दर्शक अब अर्को पारिवारिक कमेडी फिल्म हेर्न प्रतिक्षारत हुने भएका छन् ।

प्रियदर्शनले फिल्मका बारेमा कुरा गर्दै हंगामा-२ पुरानो फिल्म हंगामा भन्दा फक हुने बताएका छन् । उनले भनेका छन्,’हंगामा-२ नयाँ कथामा बन्ने छ । फरक कथामा बन्ने भएपनि हंगामा-२ नाम राख्नुको अर्थ पहिलाको फिल्ममा जस्तै मोजमस्ती, बदमासी र हंगामाको फ्लेवर कायम रहोस भन्ने मात्र हो ।’

प्रियदर्शनले फिल्ममा परेश रावल, शक्ति कपुर र राजपाल यादव रहने बताएका छन् भने फिल्मका प्रमुख कलाकार अक्षय खन्ना र रिमी सेनको ठाउमा भने नयाँ कलाकार आउने बताएका छन् । उनले प्रमुख जोडीको घोषणा छिट्टै गरिने बताएका छन् । प्रियदर्शनले हंगामा, हलचल, गरम मसाला, दे दनादन, भागम भाग, मालामाल विकली जस्ता फिल्म बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *