अनु मलिकले इण्डियन आइडल छोड्दा पनि आरोप लगाउने सोना मोहापात्रा असन्तुष्ट
मुम्बइ। ‘मीटू’को आरोप लागेका संगीतकार अनु मलिकले भारतको रियालिटी शो इण्डियन आइडलबाट बाहिरिने निर्णय गरेका छन् । सोनी टिभीले बिहीबार यसको पुष्टि गरेको छ । तर मलिकविरुद्ध यौनशोषणको आरोप लगाउने सोना मोहापात्रा भने सन्तुष्ट छैनन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै सोनी टिभीले मलिकलाई निकाल्न यति ढिलाइ गरेकोमा माफी माग्नुपर्ने बताइन् ।
उनले भनिन् ‘मैले अहिलेसम्म आधिकारिक जानकारी पाएकी छैन कि मलिकलाई शोबाट निकालियो । यदि यतो हो भने यो उत्सव मनाउने समय हो । उनीविरुद्ध बोल्नको लागि अहिलेसम्म थोरै मात्र महिलाहरु अगाडि आएका छन् । तर विश्वास गर्नुस् यस्ता कैयौं महिलाहरु छन् जो पहिले त अगाडि आउन चाहँदैनथे तर अब मसँग यो युद्ध लड्नका लागि तयार भएका छन् । हामी सबै मिलेर विगत १ वर्षदेखि यो युद्ध लडिरहेका छौं ।’
उनले अगाडि भनिन् ‘सबैभन्दा पहिले त च्यानलका मानिसहरुलाई लाज लाग्नुपर्छ कि उनीहरुले केवल टिआरपीको लागि अनुलाई फेरि शोमा लिए । उनीहरुलाई लाग्यो कि मिटू अभियान सेलायो । यो अभियानले कसैको केही बिग्रिएन र अब उनीहरु यको फाइदा उठाउन सक्छन् । उनीहरुलाई लाग्यो कि जो महिलाले आवाज उठाएका थिए उनीहरु अब शान्त हुनेछन् । तर यस्तो भएन ।’
Facebook Comment