यी दुई बेहुलीले गरिन् यस्तो हर्कत प्रहरी पनि भयो हैरान
नयाँ दिल्ली (एजेन्सी) । भारतको राजस्थानको भरतपुरबाट दुई बेहुलीको यस्तो कारनामा सार्वजनिक भएको छ जसले तपाईँलाई पनि हैरान गर्नेछ। १३ नोभेम्बर राती अबेर दुई बेहुलीले ससुरालीमा खानामा बेहोस बनाउने औशधी हालेर परिवारका सबै सदस्यलाई बेहोस पार्छन्। अनि सबै गहना लिएर टाप कस्छन्।
लुटेरी बेहुली र उसको एक सहयोगी महिललाई ९ दिनपछि प्रहरीले पक्राउ गरेको छ। साथै सो समूहका अन्य सदस्यहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। फरार रहेकी अर्की बेहुलीको खोजीका लागि प्रहरीको एक् टिम गठन गरिएको थियो। जसले उत्तरप्रदेश, दिल्ली, हरियाणा र उत्तराखण्डका कैयौं शहरमा खोजी गरे।
यो घटना चिकसाना थाना क्षेत्रको गाउँ हथैनीको हो। यही ८ नोभेम्बरमा दुई भाईको एउटै मण्डपमा दुई बहिनीसँग भयो। नाहर सिंह र रमेश सिंहको बिहे सीमा र शिवानीसँग भएको थियो। तर, बिहेको ६ दिनमै दुई बेहुली बहिनीहरुले परिवारका सदस्यहरुलाई बेहोस बनाएर लुटे।
बेहोस भएका परिवारका सदस्यहरुको अस्पतालमा उपचार गरियो। ती दुई बेहुलीविरुद्ध प्रहरीमा उजुरी गरियो। त्यसपछि प्रहरीले उनीहरुको खोजी शुरु गरेको हो। सुनका गहना र करिब ८ लाख रुपैयाँ नगद लुटेर उनीहरु फरार भएका थिए।
Facebook Comment