‘सपना नेताको होइन जनताको पूरा हुनुपर्छ’

डिसी नेपाल
७ मंसिर २०७६ ६:५३

पोखरा । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले सपना नेताको नभई जनताको पूरा हुनुपर्ने बताएका छन् ।

चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–७ मा आयोजित घरदैलो कार्यक्रममा उनले सांसद भएर जनताका अपेक्षा पूरा गराउनका लागि आफू चुनावी मैदानमा होमिएको बताए ।

यसअघि सांसद भएर गएकाहरुले जनताको सपना होइन, आफ्नो सपना पूरा गर्नेतिर लागेकाले देशले आर्थिक तथा भौतिक विकासमा फड्को मार्न नसकेको उनको भनाइ थियो।

शिक्षा, स्वाथ्य, खानेपानी, यातायात जस्ता आधारभूत आवश्यकता पूरा गर्न सामान्य जनतालाई गाह्रो पर्ने स्थिति कसरी आयो भन्नेबारे समिक्षा गर्नु अपरिहार्य भएको गुरुङले उल्लेख गरे ।

छिमेकीले कालापानी माथि कब्जा जमाइसकेको अवस्थामा सरकारले त्यसको प्रतिवाद गर्न र तत्काल वार्ता गरेर वास्तविकता बाहिर ल्याउन नसकेको उनको भनाइ थियो।

सरकारले जनतामुखी नीति ल्याउन नसकेको र संविधानविपरीत काम गर्नेलाई पनि कारवाही गर्न नसकेका कारण राजनीतिक दलप्रति वितृष्णा बढिरहेको गुरुङले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *