महाराष्टमा ठूलो उलटफेर, एनसीपीलाई फुटाएर विजेपीले सरकार बनायो !

डिसी नेपाल
७ मंसिर २०७६ १०:४८

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा भारतीय जनता पार्टीले नै सरकार बनाएको छ । शिव सेना पार्टी, भारतीय काँग्रेस र राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी) बिच सरकार बनाउने तयारी भइरहेका बेला ठुलो उलटफेर हुदै भारतीय जनता पार्टीका देवेन्द्र फण्डनविसले फेरी मुख्यमन्त्रीको शपथ लिएका छन् । त्यस्तै एनसीपीका अजित पवारले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।

शनिबार बिहान भएको राजनीतिक घटनाक्रमले शिव सेना र भारतीय काँग्रेस जिल्लिएका छन् । केहिसमय अघि नै एनसीपीका अध्यक्ष शरद पवारले प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित संसद भवनमा भेटवार्ता गरेका थिए । तर पावरले भने मिडियासँग कुरागर्दै पार्टीले निर्णय गरेर सरकारमा गएको स्पष्ट गरेका छन् । मिडिया रिपोर्टका अनुसार २२ बिधायकको समर्थन लिएर एनसीपीका नेता अजित पवार सरकारमा गएको बताइएको छ ।

यो घटनाक्रमपछि एनसीपी र काँग्रेसको सहयोगमा सरकार बनाउने तयारीमा रहेको शिव सेनाको प्रयास असफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फडणवीस र पवारलाई बधाई दिएका छन् । उपमुख्यमन्त्रीको शपथ लिएका अजित पवारले स्थिर सरकारको लागि र परिणाममुखी काम गर्न बिजेपीसँग मिलेर सरकार बनाएको बताएका छन् ।

महाराष्ट्रमा २८८ सदस्यीय विधान सभामा बिजेपीले केवल १०५ सिट जितेको थियो । राज्यपालले दोस्रो ठुलो दल शिव सेनालाई सरकार बनाउन २४ घण्टाको समय दिएको भएपनि २४ घण्टामा शिव सेनाले तेस्रो र चौथो दल एनसिपी र भारतीय काँग्रेससँग मिलेर सरकार बनाउने प्रयास असफल भएको थियो ।

शिव सेनाले राज्यपालले सरकार बनाउने समय कम दिएको आरोप लगाएको थियो । विधान सभामा शिव सेनाले ५६, एनसीपीले ५४ र काँग्रेसले ४४ सिटमा जित हासिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *