बाटोमा आएको साँढेलाई जोगाउन खोज्दा बस रुखमा ठोक्कियो, १२ जना यात्रुको मृत्यु

डिसी नेपाल
७ मंसिर २०७६ १४:२९

एजेन्सी। भारतको राजस्थान राज्यको नागौर जिल्लामा बस दुर्घटना हुँदा १२ जना यात्रुको मृत्यु भएको छ । ९ यात्रु घाइते छन् । दुर्घटना साँढेलाई बचाउने प्रयासमा भएको भारतीय मिडिया दैनिक भास्करले लेखेको छ । बताइएअनुसार तीव्र गतिको मिनी बसको अगाडि अचानक साँढे आएको थियो जसलाई ठक्कर दिँदैबस रुखमा ठोक्किन पुग्यो । बसमा सवार ४ महिला र १ बालिकासहित १२ जनाको ज्यान गएको छ ।

जानकारीका अनुसार २ वटा मिनीबसमा सन्त रामपालका समर्थक महाराष्ट्रको लातूरबाट हरियाणाको हिसार गइरहेका थिए । कुचामन बाइपास नजिकै यीमध्ये उक मिनीबसको अगाडि अचानक साँढे आयो ।उसलाई बचाउने प्रयासमा गाडी अनियन्त्रित भएर रुखमा ठोक्कियो । दुर्घटनाको समय धेरैजसो यात्रु निदाइरहेका थिए । दुर्घटनापछि अर्को बसमा सवार यात्रुले पुलिसलाई खबर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *