सेक्स गरेरै प्रेमिका मार्ने हत्यारा यसरी फेसबुक पोस्टमा चिप्लिएपछि पक्राउ परेका थिए
काठमाडौं। बेलायती युवती ग्रेस मिलानेलाई यौन सम्बन्धकै क्रममा मार्ने हत्यारा एक फेसबुक पोस्टका कारण पक्राउ परेका थिए । जुन दिन ग्रेस मारिएकी थिइन् त्यही रात उनले ग्रेसको फेसबुक प्रोफाइलमा एउटा कमेन्ट गरेका थिए जसका कारण पुलिस उनीसम्म पुग्यो । २७ वर्षका ती व्यक्तिले यौन सम्पर्क गरिरहेका बेला ग्रेसको घाँटी थिचेपछि उनको ज्यान गएको थियो । त्यस दिन ग्रेस न्यूजिल्याण्डको अकल्याण्डमा आरोपीसँगै बसेकी थिइन् ।
ग्रस मारिएको भोलिपल्ट ग्रेसको जन्मदिन थियो । परिवारले उनलाई सामाजिक संजालमा जन्मदिनको शुभकामना पठाए तर ग्रेसले कुनै प्रतिक्रिया नजनाएपछि पुलिसले उनको खोजी थालेको थियो । पुलिसले अनुसन्धानको क्रममा ग्रेसको सामाजिक संजालको पनि जाँच गर्यो । जहाँ आरोपीले उनको तस्वीरको तल सुन्दर भनेर कमेन्ट गरेका थिए । यही कमेन्टका आधारमा पुलिस उनीसम्म पुगेको थियो किनकि ग्रस अन्तिम समय त्यहीँ देखिएपछि बेपत्ता भएकी थिइन् जहाँ आरोपी बस्थे ।
Facebook Comment