मन्त्रिमण्डल पुनर्गठनपछिको अवस्थाबारे निर्णय गर्न समाजवादी पार्टीको बैठक जारी

काठमाडौं। सत्ता साझेदार दल समाजवादी पार्टीको पदाधिकारी बैठक वालकुमारीमा जारी छ। बैठकले प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि उत्पन्न परिस्थितबारे निर्णय गर्ने एक नेताले जानकारी दिए।
सरकारकामा उपप्रधानमन्त्री तथा स्वास्थमन्त्री रुपमा सहभागी रहेको पार्टी अध्यक्ष उपेन्द्र यादव स्वाथ्यमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्री ओलीले उनको मन्त्रालय खोसिदिएका थिए। यस्तै एकजना राज्यमन्त्रीलाई पदमुक्त पनि गरिदिएका थिए।
दिल्ली जाँदा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र स्वदेश फर्किँदा भने कानूनमन्त्रीको हैसियतमा फर्के। प्रधानमन्त्री ओलीले आफुखुशी मन्त्रिमण्डल पुनर्गठन गरेको र एकजना राज्यमन्त्रीलाई पदमुक्त गरेको भन्दै केही समाजवादी नेताहरु सरकार छाड्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र तत्काल सरकार नछाड्ने पक्षमा छन्।
पार्टीको संघीय परिषद संयोजक बाबुराम भट्टराई आफ्नो दल सरकारमा रहे पनि सरकारको कटु आलोचना गरिरहन्छन्।
पदाधिकारी बैठकमा अशोक राई भने काठमाडौं बाहिर रहेकाले सहभागी नरहेको जनाइएको छ।
Facebook Comment