सिके राउतको काठमाडौंमा शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवसको नाममा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
शनिबार काठमाडौंको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो । प्रत्येक वर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेदविरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस वर्ष ७ गते नै मनाएको जनमत पार्टीले जनाएको छ ।
अगाडी राजधानीका विभिन्न स्थान गौशाला, महाराजगञ्ज, कीर्तिपुरलगायतका स्थानबाट झाँक्री सहितको र्याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. सिके राउतले मधेसी, थारु, आदिबासी जनजातिसँग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताए । उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने बताए ।
Facebook Comment