प्रधानमन्त्री ओलीमाथि देउवाको गम्भीर आरोप ‘ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको हो’

काठमाडौं। भारतले हालै जारी गरेको विवादित नक्सामा नेपालको भूमिसमेत पारिएपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेकाबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नक्सा जारी गरेको आरोप लगाएका छन्।
शनिबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यो नक्सा ओलीकै सहमतिमा छापिएको हो, त्यसै नक्सा छापिन्छ, ओलीको सहमति नभए नक्सा उसले छाप्नै सक्दैन।’
देउवा चुनावीसभामा प्रधानमन्त्री ओलीमाथि निकै आक्रामक रुपमा प्रस्तुत भए। उनले ओली राष्ट्रपति होइनन् भन्दै उनको राष्ट्रवाद कालापानीमा लम्पसार भएको टिप्पणीइसमेत गरे। उनले भने, ‘ओली कहिल्यै पनि राष्ट्रवादी होइनन्। आफुलाई राष्ट्रवादी भन्ने तर, उनको राष्ट्रवाद कालापानीमा लम्परसार भएको छ।’
भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि समावेस गरिएपछि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएका थिए। सो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत सबै दलले कुटनीतिक रुपमा यो समस्या समधान गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए। साथमा यो मामिलामा प्रधानमन्त्रीले चाल्ने हरेक कदमको समर्थन गर्ने बताएका थिए। तर, नक्सा जारी भएको तीन हप्ता वितिसक्दा पनि नेपालले अझैसँग विरोधको सूचनासमेत दिएको छैन।
सरकारले औपचारिक रुपमा यो विषयमा कुनै पहल नगरेकाले सभापति देउवा पछिल्ला दिनहरुमा प्रधानमन्त्री ओलीमाथि निकै आक्रामक बनिरहेका छन्।
Facebook Comment