पौडी खेल्दा डुबेर २ बालकको मृत्यु
झापा । झापाको दमकमा पौडी खेल्ने क्रममा खोलामा डुबेर शनिबार दुई जना बालकको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितका अनुसार दमक स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर मृत्यु हुनेमा दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङ रहेका छन् ।
पुल निर्माणका क्रममा खोलाभित्र इक्साभेटरले खनेको दहमा पौडी खेल्दा दुवै बालकको घटनास्थलमा मृत्युभएको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए । बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ । प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताए । रासस
Facebook Comment