मौका पाए देशमा सुशासन कायम गर्छु : उम्मेदवार गुरुङ

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले मौका पाए देशमा सुशासन कायम गर्ने बताएका छन् ।
पोखरा महानगरपालिका–१७ को विरौटा, छोरेपाटनमा आज घरदैलो कार्यक्रमपश्चात् चुनावीसभामा गुरुङले विजयी भए मुलुक र जनताको सच्चा सेवक बन्ने उल्लेख गरे ।
मुलुकका अरु पार्टीका नेता व्यक्तिगत तथा दलगत स्वार्थमा फसेका कारण देशमा विकास निर्माण र सुशासनको प्रणाली नबसेको बताए ।
उनले भने, “देश विकास र सुशासनका क्षेत्रमा कसरी काम गर्ने भन्ने कुरा विकसित देशबाट अनुभव लिएको छु।”
प्रतिक्रिया
Facebook Comment