नेकपानिकट सांस्कृतिक महासङ्घको पूर्ण एकता

डिसी नेपाल
८ मंसिर २०७६ ६:५८

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन जनसांस्कृतिक महासङ्घ, नेपालले १५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुङ्गो लगाएको छ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि जनसङ्गठनको इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोेजक तोकिएसँगै दुवै जनसांस्कृतिक मोर्चाले आपसी परामर्शमा केन्द्रीय सदस्यहरु चयन गरेका हुन्।

महासङ्घका र सातैवटा घटक सङ्गठनका केन्द्रीय सदस्यसमेत गरी ७२० जना संस्कृतिकर्मीको सपथ ग्रहण कार्यक्रम पार्टीका शीर्ष नेताको उपस्थितिमा यही मङ्सिर २८ गतेका लागि तय गरिएको महासङ्घका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले जानकारी दिए ।

नेकपाको सचिवालयले यसअघि महासङ्घको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सरल सहयात्रीलाई तोकेको थियो।

महासङ्घले मातहतको घटक सङ्गठन भाषा तथा लोक वार्ता सङ्गठन, नेपालमा संयोजक डा. मधुसुधन गिरी र सहसंयोजक प्रा डा ऋषिराम शर्मा, जनसाहित्य लेखक सङ्घ, नेपालमा संयोजक रामविनय श्रेष्ठ र सहसंयोजक केशव सिलवाल, ललितकला परिषद्, नेपालमा संयोजक देवेन्द्र थुम्केली र सहसंयोजक अर्जुन न्यौपाने, जन नाट्यकर्मी सङ्घ, नेपालमा संयोजक पुष्प आचार्य र सहसंयोजक किशोर अनुराग, समाज अध्ययन परिषद्, नेपालमा संयोजक भिक्टर प्रधान र सहसंयोजक धर्मेश पोखरेल, चलचित्र कर्मी सङ्घ, नेपालमा संयोजक दिनेश डिसी र सहसंयोजक उदय सुब्बा र जन सङ्गीतकर्मी सङ्घ, नेपाल संयोजक कर्णबहादुर गौतम (विद्रोही) र सहसंयोजक डम्बर पहाडी तोकिएको छ।

यसअघि नेकपाको राष्ट्रिय युवा सङ्घ नेपाल, अखिल नेपाल किसान महासङ्घले केन्द्रीय कमिटीलाई पूर्णता दिइसकेका छन् भने निर्माण व्यवसायी, कानून र इञ्जिनीयरिङ क्षेत्रका सङ्गठनको एकता भइसकेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *