परराष्ट्रमन्त्री ज्ञवाली रशिया प्रस्थान

डिसी नेपाल
८ मंसिर २०७६ ७:०७

काठमडाौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन् ।

उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *