भुवनसिंह कार्कीको ‘सम्मोहन’ उपन्यास बिमोचन
भक्तपुर । भक्तपुरमा अवस्थित सैनिक आवासीय महाविद्यायलमा उपन्यासकार भुवनसिंह कार्कीद्वारा लिखित उपन्यास ‘सम्मोहन’ डा. नवराज लम्सालद्वारा विमोचन भयो । सो कार्यक्रम सल्लाघारी एल्मुनाइ एशोशिएशन (सान)को आयोजना र विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको हो । गुरुङ सुशान्त, ध्रुवप्रसाद बस्याल र चन्द्रप्रसाद ढकालले उपन्यासको समीक्षा गरे ।
सैनिक आवासीय महाविद्यायलका प्रधानाध्यापक सुरेन्द्र पनेरुले भने, ‘यस महाविद्यालयबाट २०७४ सालको एसइइ मा उच्चतम अंक हासिल गरेर विद्यालयको नियमित विद्यार्थीको हैसियतबाट टाढा भएतापनि अरु सम्पूर्ण गतिविधिबाट महाविद्यालयको अभिन्न अंग बनेका छन् ।’ व्यक्तिगत धारणामा आफ्नो लागि भुवनले एउटा छोराको हैसियत बताएको पनेरुले बताए ।
उनले भविष्यमा भुवन राष्ट्रको तारा हुने विश्वास व्यक्त गरे । सम्मोहन उपन्यासमा भुवनले एउटा वैयश्क पत्रकारको भूमिका निर्वाह गरेका छन् । समाजको एउटा ऐनाको रुपमा उभ्याएका छन् । व्यक्तिगत जीवन, सामाजिक जीवन र व्यवसायिक जीवन उतार्ने कोसिस गरेका छन् । यस पुस्तकमा युवाहरुलाई कुलतमा नफस्न प्रेरणा दिइएको छ ।
Facebook Comment