जुनियर एनटीआरले कंगनासँग काम गर्न अस्वीकार गरे
एजेन्सी। तेलुगु स्टार जुनियर एनटीआर अहिले राम चरणसँग एसएस राजामौलीको ठूलो बजेटको फिल्म आरआरआरमा व्यस्त छन् । यही बीचमा एनटीआरलाई जयललिताको बायोपिक थलाइवीमा एक अहम भूमिका पेश गरिएको थियो जुन भूमिका एनटीआरले अस्वीकार गरेको बताइएको छ । यो फिल्म तमिल, तेलुगु र हिन्दीमा बनाइँदैछ । खबरअनुसार एनटीआरलाई तमिल बायोपिकमा उनका हजुरबुवा एनटी रामाराव सिनियरको भूमिका निभाउने प्रस्ताव गरिएको थियो ।
एनटीआरले आफ्ना हजुरबुवाको भूमिका निभाउन अस्वीकार गरेको यो पहिलो पटक होइन । कैयौं पटक उनले दोहोर्याएका छन् कि उनी आफ्ना हजुरबुवाको भूमिकासँग न्याय गर्न सक्ने छैनन् । अब थलाइवीमा निर्माता एनटीआर सिनियरको भूमिकाको लागि उपयुक्त अभिनेता खोजिरहेका छन् । कंगना रनौत फिल्ममा जे जयललिताको भूमिकामा देखिँदैछिन् । निर्माताले एमजी रामचन्द्रनको भूमिकाको लागि अरविन्द स्वामीलाई रोजेका छन् । थलाइवीको शुटिङ १० नोभेम्बरमा सुरु भएको थियो ।
Facebook Comment