यौनशोषणको आरोप लागेका बेला अनु मलिकले अवार्ड पाएपछि के भने ?

डिसी नेपाल
८ मंसिर २०७६ १५:३७

एजेन्सी। यौन शोषणको आरोप लागेर चर्चित रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएका संगीतकार अनु मलिकलाई ‘डाक्टर अफ म्युजिक’ अवार्डले सम्मानित गरिएको छ । दिल्लीमा उनलाई यो सम्मान दिइएको हो । सम्मानित भएपछि अनुले आफ्नो जीवनका उतारचढावका बारेमा कुरा गरे ।

उनका अनुसार २००५ मा उनलाई ‘मैं हुँ ना’ फिल्मको लागि फिल्मफेयर अवार्ड दिइएको थियो तर त्यपछि काम पाउन बन्द भयो । उनले आफूले संगीतको यात्रा १९७७ मा १४ वर्षको उमेरमा सुरु गरेको र यो यात्रा आज पनि जारी रहेको बताए । उनले आफूलाई यो अवार्डको लायक नसम्झेकोले आफू यसबाट टाढा भागिरहेको पनि बताए । यो अवार्डमा डाक्टर शब्द भएकोले आफूलाई यो अवार्ड निकै ठूलो लाग्ने गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *