आयाक्सका गोलकिपर भन्छन्– कुनैपनि क्लबले कालो वर्णका गोलकिपरमाथि सजिलै बिश्वास गर्दैैनन्
एजेन्सी । आयाक्सका गोलकिपर आन्द्रे ओनानाले फुटबलमा हुने रंगभेदी भेदभाव आफुले पनि भोगेको बताएका छन् ।
उनले कुनैपनि नगर्ने दुख ब्यक्त गरेका छन् । युरोपियन फुटबलमा बढ्दो रंगभेदी क्रियकलापको बिरोध गर्दै उनले त्यस्तो भनाई राखेका हुन् ।
कुनै पनि क्लबले कालो वर्णको गोलकिपरलाई बिश्वास गर्दैनन्,’ ओनानाले सञ्चारकर्मीसँग बोल्दै भने । ‘यो सत्यता हो, यहाँ हरेक क्लबमा यस्तै वातावरण छ ।’
‘यहाँ धेरै कालो वर्णको गोलकिपर छैनन् र भए पनि कसैले उनीहरुमाथि बिश्वास गर्दैनन् । उनीहरुले कालो वर्णको गोलकिपरलाई सुरक्षाको जिम्मेवारी पनि लिदैनन्,’ ओनानाले भने ।
क्यामरुनका गोलकिपर आन्द्रले गत सिजन च्याम्पियन्स लिगमा सेमि फाइनलसको खेल खेलेका थिए । युरोपियन फुटबलमा बढ्दो रंगभेदको सिकार धेरै जसो खेलाडी हुँदै आएको छ । युरोपियन क्लबका फरवार्ड, डिफेन्डर तथा गोलकिपरमाथि समेत भेदभाव हुँदै आएको छ ।
Facebook Comment