धितोपत्र बजार दोहोरो अङ्कले ओरालो

डिसी नेपाल
८ मंसिर २०७६ १६:५८

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भएको जनाइएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०।५४ विन्दुले घटेर एक हजार ११०।०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २।०३ विन्दुले घटेर २४४।८६ विन्दुमा पुगेको छ ।
आइतबार कूल १६२ कम्पनीको ९ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०।४७, व्यापार ३९।८६, होटल १०।८३, विकास बैंक १०।३९, जलविद्युत् ७।६, वित्त ५।४१, निर्जीवन बीमा ५७।१५, उत्पादन २०।५१, अन्य ४।६६, लघुवित्त ६।३४, जीवन बीमा ४८।०८ र सामूहिक लगानी कोष ०।०९ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको २ करोड ११ लाख ५९ हजार ४ सय बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड १ करोड ३७ लाख ८३ हजार ९ सय १६, साना किसान विकास बैंक १ एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक १ करोड ७८ हजार ९ सय ११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेशनल हाइड्रोपावर चार, अपि पावर ३।८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३।०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २।५८ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ९।९०, गुर्खाज फाइनान्स ५।४०, पु्रडेन्डियल इन्स्योरेन्स ५।२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४।८२ प्रतिशतले गुमाएको नेप्सेले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *