नेकपाको सरकारले राष्ट्रियताप्रति कुनै चासो देखाएको छैन : सभापति देउवा

डिसी नेपाल
८ मंसिर २०७६ १७:५६

बाग्लुङ्ग । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले राष्ट्रियताप्रति कुनै चासो नदेखाएको आरोप लगाएका छन्। नेपाली कांग्रेसले बागलुङको निसिखोलामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भारतले अतिक्रमण गरेका क्षेत्रका बारेमा सरकार अहिलेसम्म बोल्न नसकेले सरकारको राष्ट्रवाद सकिएको बताए।

सभापति देउवाले भने, “राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नै केपी ओलीको राष्ट्रवाद देखिइसकेको छ। जनताले साथ भन्दा पनि दुःख धेरै पाए ।” उनले देशको समृद्धि र निकासका लागि अब कांग्रेसलाई जनताको साथ चाहिने बताए। कांग्रेस फुर्सा कुरा गरेर हिँडेको छैन भन्दै देउवाले हरेक स्थानमा भ्रष्टचार बढ्दै गएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपाल कांग्रेसका पालमा गरेका कामलाई वर्तमान सरकारले देखाउदै हिडेको समेत आरोप लगाए । उनले भने “ सरकार काम गर्‍यौँ भनेर हिँड्छ। खोई नयाँ काम ?”

सभापति देउवाले मध्यपहाडी लोकमार्ग र सालझण्डी सडकखण्डका निम्ति कांग्रेसको तर्फबाट दबाब सिर्जन गर्ने बताएका छन्। उनले पश्चिम बागलुङको निम्ति कांग्रेसका उम्मेदवार जीतबहादुर शेरचनलाई आफ्नो अमूल्य मत दिएर जिताउनका लागि आग्रह समेत गरे।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाए। ‘सरकार राम्राभन्दा पनि नराम्रा काम गदै गएको छ । यस्तै चालले अबको तिन वर्षमा देश पूर्ण खतरामा जाने संकेत देखिएको छ’, नेता पौडेलले भने । उनले गाउँ गाउँमा सरकारको विरोध भइरहेको हुँदा अबको दिनमा केपी ओलीले कूटनीतिक क्षमता प्रदर्शन गर्न नसक्ने जिकिर समेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *