बैंकिङ कसुरका आरोपी श्रेष्ठसँग एक करोड धरौटी माग

डिसी नेपाल
८ मंसिर २०७६ १८:०३

काठमाडौं । बैंकिङ कसुरमा पक्राउ परेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहोरासँग सर्वोच्च अदालतले एक–एक करोड रुपैयाँ धरौटी मागेको छ।

दुबैजनालाई यसअघि उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएको थियो। सो आदेशविरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए। सर्वोच्चले उच्च अदालत पाटनको आदेश उल्ट्याएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी र सपना मल्ल प्रधानको सँयुक्त इजलासले उनीहरु दुबैजनालाई पुर्पक्षका लागि थुनामा राखिरहनु नपर्ने ठहर गरेको हो।

उनीहरु नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *