१२ सयजनाको लाइसेन्स फेरबदल गर्ने यातायातका उपसचिबसहित ३८जना विरुद्ध मुद्दा

डिसी नेपाल
८ मंसिर २०७६ १८:५६

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले उपसचिव आनन्द केशरी पोखरेल सहित ३८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेका छ।

यातायात व्यवास्था कार्यालय ललितपुरमा हुँदा २०६९ सालको बैसाखदेखि असार महिनासम्म सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने १ हजार २ सय ८४ जनाको नतिजामा गैरकानूनी फेरबदल गरी सरकारी सम्पति हिनामिना र हानिनोक्सानी गरेको आरोप लगाएको छ।

तत्कालिन कार्यालय प्रमुख पोखरेललाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा ७ को (क) र (ग) दफा १२ र १३ बमोजिम कसुर गरेको स–प्रमाण पुष्टिहुन आएकोले ८ लाख ५९ हजार ५ सय ५० को बिगो दाबी गरिएको छ। यस्तै, हाल अवकास प्राप्त इन्जिनियर बासुदेव पोखरेललाइ ३ लाख ४६ हजार ७ सय ५० रुपैयाँको बिगो दाबी गरिएको छ ।

तत्कालिन प्रहरी निरिक्षक नवराज थापा र मुरारी मिश्रलाइ राजस्व चुहावट र हिनामिना गरेको कसुरमा क्रमशः २४ हजार ९ सय र २४ हजार ३ सय बिगो दाबी गरेको आइतबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

कसुर गरेको स–प्रमाण सहित बिगो दाबी गरिएकामा शाखा अधिकृत राममणी पोखरेल ३५ हजार ९ सय, इश्वरराज रेग्मी ३० हजार, शम्भु प्रसाद थपलिया ११ हजार १ सय, धर्मराज ढुङ्गाना ३ हजार २ सय, र बाबुलाल रेग्मी ७ सय रहेका छन्।

तत्कालिन शाखा अधिकृत रहेका उनिहरुमध्ये बाबुलाल रेग्मी र धर्मराज ढुङ्गाना उपसचिवमा बढुवा भएका छन् भने ईश्वरराज रेग्मी निलम्बनमा परिसकेका छन्। यस्तै, राममणी पोखरेल अवकास प्राप्त हुन्।

मुद्धा दायर भएका अन्य कर्मचारीहरुको विवरण:
सि.नं. पद नामथर बिगो रकम कैफियत
शाखा अधिकृत (हाल निलम्बन) चक्रबहादुर श्रेष्ठ रु. १,७००।- जारी गर्ने
शाखा अधिकृत पदमप्रसाद पोखरेल रु. २,८००।-
शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं) वासुदेब तिवारी रु. ३,३००।-
शाखा अधिकृत(हाल सेवा निवृत्त) भरतकुमार थापा रु. १,७००।-
शाखा अधिकृत (हाल निलम्बन) सिताराम खनाल रु. ४,१५०।-
शाखा अधिकृत भविन्द्र कार्की रु. ३,०५०।-
नायव सुब्बा वच्चुप्रसाद पोखरेल रु. १००।- सिफारिस गर्ने
नायव सुब्बा (हाल अधिकृत छैठौं) स्थानेश्वर ढुङ्गाना रु. २००।-
नायव सुब्बा कमलकुमार खत्री रु. १००।-
१० नायव सुब्बा (हाल निलम्बन) मदन गिरी रु. २५०।-
११ नायव सुब्बा प्रेमराज निरौला रु. १,७००।-
१२ नायव सुब्बा(हाल अवकास) राधाकृष्ण पोखरेल रु. ५००।-
१३ नायव सुब्बा (हाल अधिकृत छैठौं) सत्यबहादुर भण्डारी रु. १००।-
१४  नायव सुब्बा शिवप्रसाद चापागाई रु. ५००।-
१५ नायव सुब्बा (हाल अधिकृत छैठौं) उमाकान्त जोशी रु. २००।-
१६ प्राविधिक नायब सुब्बा (हाल अवकास) सुर्य बज्र वज्राचार्य रु. २,७००।-
१७ कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं) सन्जिव न्यौपाने रु. १००।-
१८ टाईपिष्ट नायव सुब्बा कविता खड्का रु. २,१००।-
१९  टाईपिष्ट नायव सुब्बा रञ्जुसेन पाण्डे  रु. १००।-
२० खरिदार(हाल ना.सु.) वावुकृष्ण महत रु. १००।-
२१ खरिदार (हाल निलम्बन) बद्रीप्रसाद दाहाल रु. १००।-
२२ खरिदार (हाल सहायक स्तर पाँचौं) कोषबहादुर थापा रु. २००।-
२३ खरिदार (हाल सहायक स्तर पाँचौं) माधवप्रसाद कोइराला रु. ३५०।-
२४ खरिदार(हाल ना.सु.) मणिराम कोइराला रु. ३००।-
२५ खरिदार (हाल अवकास) प्रतिभा न्यौपाने क्षेत्री रु. १००।-
२६ खरिदार . रघुनाथ के.सी रु. २००।-
२७ खरिदार (हाल ना.सु.) रामप्रसाद भट्टराई रु. ९००।-
२८ खरिदार (हाल ना.सु) तिर्थराज जैशी रु. १,३००।-
२९ टा.खरिदार (टा.ना.सु) तुलसा श्रेष्ठ अधिकारी रु. ५००।-

 

her Press Release



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *