पार्टी स्थापना दिवसका अवसरमा विप्लवको गृह जिल्लामा विप्लव समूहका दर्जनौं कार्यक्रम

डिसी नेपाल
८ मंसिर २०७६ १९:३७

कपिलवस्तु। नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले विप्लवको गृहजिल्ला कपिलवस्तुमा पार्टी पुनर्गठन दिवसको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

जिल्लाको शिबराज नपा ९ अंचलपुर , बुद्दभुमी नपा ३ वक्तापुर , वाणगंगा नपा ३ बभनी , शुद्दोधन गापा ६ बाँसखोर लगायतका ठाउँहरुमा बिशेष कार्यक्रम गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जिल्ला ईन्चार्ज जुझारुले एकीकृत जनक्रान्तिले उचाई हासिल गरेको भन्दै बिजय सुनिश्चित रहेको बताए । दलाल पूँजिपतिहरु नाङ्गिदै गएको र जनतामा छरेका भ्रमहरु प्रष्ट हुँदै गएकोले जनताहरुलाई एउटा अन्तिम लडाइँको लागि तयार रहन उनको अपिल थियो ।

त्यस्तै अर्को कार्यक्रमलाई सम्बोधन गर्न पुगेका जिल्ला सेक्रेटेरी शेरमानले सहिद तथा बेपत्ता परिवारका सपना पूरा गर्न एकपटक आफुहरु सहिद हुन तयार रहेको उद्द्घोष गरे । उनले भने, ‘हिजोपनी जनताका सपनाको लागि हाम्रा सपनाहरू बलिदान गरेका हौं, आजपनी जनतालाई बचाएर बलिदान दिन तयार छौं, एकदुई जना गिरफ्तार गर्दैमा क्रान्ति रोकिदैन ।’

यस्तै यता नेकपाकै अर्का जिल्ला नेता सुनिलले पनि एकीकृत जनक्रान्ती नै अबको मुक्तिको बाटो भएको बताए । उनले देश बेच्नेहरुलाई जनताले ठेगान लगाउने भन्दै क्रान्तिको ज्वारभाटा छिट्टै बिस्फोट हुने बताए ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवार, नेता कार्यकर्ता तथा शुभेच्छुक देखि सयौंको संख्यामा जनताको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा जिवन्त क्रान्तिकारी बिचारधारामा रहेर कम्युनिस्ट कित्तामा उभिएका पुराना कमरेडहरुलाई सम्मान समेत गरिएको थियो । शिबराज ९ बाट जमलाल बिक, र वाणगंगा १० बाट यम बहादुर सुनारलाई जिल्ला पार्टीको तर्फबाट ईन्चार्ज, सेक्रेटेरी लगायतले अभिनन्दन गरेका थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ६ बर्षअगाडि बैद्य समुहसँग पार्टी बिभाजन गरि नयाँ पार्टी पुनर्गठन गरेको थियो। सोही अबसरमा देशभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *