नाईट क्लबमा गएका खेलाडीले साग फुटबल पनि खेल्न नपाउने, तीन नयाँ खेलाडी समावेश

डिसी नेपाल
८ मंसिर २०७६ २१:२३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारवाही गरेको चार खेलाडीमा दक्षिण एसियाली खेलकुद सागको टिममा परेका तीन खेलाडीलाई प्रतिस्थापन गरिएको छ ।

सागका लागि अञ्जन विष्ट, विमल घर्तिमगर र दिनेश राजवंशी टिममा परेका थिए । उनीहरुको स्थानमा राजेश परियार, प्रिजन तामाङ, राजिब लोप्चाङलाई टिममा बोलाइएको छ ।

कुवेत विरुद्धको खेलका लागि भुटान जानु भन्दा ठिक अघिल्लो दिन विमल, अञ्जन र दिनेशले रातभर क्लवमा विताएको भन्दै कारवाहि स्वरुप उनीहरुलाई टिमबाट हटाइएको थियो ।

टिममा तीन जना बोलाएसँगै विमल, अञ्जन र दिनेशले साग खेल्न नपाउने भएका छन । उनीहरु यतिबेला अनुशासन समितीको कारवाहिमा रहेका छन । यसका साथै उनीहरुमाथि म्याच फिक्सिङका विषयमा पनि अनुसन्धान गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *