नेताहरुलाई पैसा बुझाएरमात्र कलाकार राज्यका निकायमा पुगेका छन् : पूर्वउपराष्ट्रपति झा

डिसी नेपाल
८ मंसिर २०७६ २१:५२

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएरमामात्रै कलाकारहरूले राज्यसत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन्। अहिलेका राजनीतिक दलहरूले कलाकारहरूलाई सम्मान गर्नै नसकेको झाले गुनासो गरे।

तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आयोजित राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, तथा श्रष्टा सम्मान कार्यक्रममा उपराष्ट्रपति झाले कलाकर्मीहरूलाई राष्ट्रले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

लोकतान्त्रिक व्यवस्थाका पहिलो उपराष्ट्रपति समेत रहेका झाले भने, ‘यहाँ त पैसाको बिटो बुझाएमात्रै राज्य सञ्चालन र उच्च तहमा पहुँच पाउन सक्छन् कलाकारले, नभए केही हुँदैन, यो अवस्थालाई वर्तमान सरकारले अन्त्य गर्नुपर्छ। कलाकारको मेहनत, देश र जनताप्रतिदिएको बलिदानीलाई सम्मानगर्नुपर्छ, कदर गर्नुपर्छ।’

कार्यक्रममा समाजवादी पार्टीकी नेतृ तथा राष्ट्रिय सभा सदस्य प्रमिला यादवले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएमात्र कलाकारहरूलाई फाइदा पुग्ने बताइन। ‘केन्द्रिकृत भएर बसेको मुलुकको पूँजीलाई अब विस्तारै प्रदेश र स्थानीयतहमा पुर्याउनुपर्छ। यसबाट कलाकारहरू पनिलाभान्वित हुनुहुने छ ।’

त्यसैगरी, वरिष्ठ संस्कृतिविद्, गायक नन्दकृष्ण जोशी र संगीतकार तथा समाजसेवी मनोजराज शिवाकोटीले परिवर्तनका आन्दोलनहरूमा कलाकारको योगदान रहने गरे पनि त्यसपछि सधैँ राज्यबाट उपेक्षाको शिकार भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *