निर्वाचनका न्यायाधीश जनता नै हुन् : विद्या भट्टराई

डिसी नेपाल
८ मंसिर २०७६ २२:५१

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार विद्या भट्टराईले विपक्षीले लगाएको आरोपको जवाफ जनमतले दिने बताएकी छिन्। पोखरा १६मा भएको घरदैलोपछिको कोणसभामा भट्टराईले जनता नै न्यायाधीश भएकाले जनतालाई कमजोर सम्झेर भ्रम सिर्जना गर्न खोजिन्छ भने त्यसको मूल्य सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने जवाफ दिइन ।

उनेले भनिन्“क्षणिक समयका लागि भन्दा पनि देशको दीर्घकालीन विकासका लागि निकै गृहकार्यका साथ काम भइरहेको छ । अबको केही समयमा नै ठूलो परिवर्तनको आभास पाउनुहुनेछ”।

कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीले विशेष चासो दिएर अर्मलाको विकासका योजना अघि बढाएको जानकारी दिँदै त्यहाँ बृहत् खानेपानी योजना अघि बढेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले नेकपा विकासको संवाहक भएकाले कोही कसैले अनावश्यक फैलाएको भ्रमको पछाडि जनता नलाग्ने विश्वास व्यक्त गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *