उपनिर्वाचन : भक्तपुरमा राप्रपा (संयुक्त)को समर्थन काँग्रेसलाई

डिसी नेपाल
९ मंसिर २०७६ ६:४०

काठमाडौँ । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो।

नेपाली काँग्रेस र राप्रपा संयुक्तले आज कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभामा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने गरी कार्यगत एकताको घोषणा गरेको हो।

कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले राप्रपाको सबै भोट नेपाली काँग्रेसका उम्मेदवारलाई हाल्ने गरी समर्थन गर्दै कार्यगत एकता गरेको घोषणा गरेका हुन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङ, काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीले राप्रपाको मतलाई समर्थन गर्दै चुनावमा मात्रै नभई विकासमा समेत अब कार्यगत एकता गर्दै जाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *