पोखराका वडाअध्यक्षको घरमा बम बिस्फोट, विप्लव समुहमाथि आशंका

डिसी नेपाल
९ मंसिर २०७६ ८:३२

काठमाडौँ । पोखरा महानगरपालिकाका वडाध्यक्षको घरमा बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा सोमबार (आज) बिहानै बम बिस्फोट भएको हो ।

बम बिस्फोटका कारण पोखराको बिरौटामा रहेको उनको घरमा पार्किङ गरिरहेको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटना बिहान २ बजेर १५ मिनेट जाँदा भएको उक्त घटना नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको हुनसक्ने आशंका रहेको र संलग्न व्यक्तिको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *