ठूलो सफलता पाउने हो भने सानो सफलता आफूमाथि हावी हुन दिनु हुँदैन
काठमाडौं। केही मानिसहरु सानो सफलता पाउने वित्तिकै आफ्नो कर्तव्य भुल्छन्। त्यँहीबाट उनीहरु आफ्नो जीवनको सबैभन्दा ठूलो भुलको सुरुवात गर्छन्। उनीहरुले के विचार गर्नुपर्छ भने त्यो सफता त्यतिबेला प्राप्त भएको हुन्छ, जतिबेला उनीहरुले आफ्नो कर्तव्य सही ढंगले निर्वाह गरेका हुन्छन्।
रामचरितमानसका अनुसार सीताको खोजी गर्दा गर्दै राम र लक्षण्मले हनुमानलाई भेटे। राम र लक्ष्मणलाई हनुमानसँग सुग्रीवले भेटाएका थिए। सग्रीवलाई उनका दाजु बालीले राज्यबाट निकालेका थिए। बालीले सुग्रीवको पत्नी रोमालाई पनि आफूसँगै राखेका थिए। रामले सुग्रीवलाई सहयोग गर्ने वाचा गरे। रामले आफ्नो वाचा पनि पूरा गरे।
रामले बालीको बध गरेर सुग्रीवलाई किष्किन्धाको राजा बनाए। सग्रीवलाई वर्षौं पछि राज्य र स्त्रीको सुख प्राप्त भयो। उनी पूर्णरुपमा राज्य र स्त्री सुखमा लिन भए। तब वर्षा ऋतु पनि सुरु भइसकेको थियो।
भगवान श्रीराम र लक्ष्मण एक पर्वतको गुफामा निवास गरिरहेका थिए। वर्षा ऋतु समाप्त भयो। आकाश सफा हुन थाल्यो। राम सुग्रीवको प्रतिक्षा गर्न थाले। सग्रीव आएपछि सीताको खोजी गर्ने उनको मनशाय थियो। तर सुग्रीव पूर्णरुपमा सुख भोगमा लिन थिए। उनले भगवान श्रीरामसँग गरेको वाचा बिर्सिए।
धेरै दिनसम्म पनि सुग्रीव नआएपछि रामले लक्ष्मणलाई सुग्रीव भएको ठाउँमा पठाए। लक्ष्मण सुग्रीवलाई देख्ने वित्तिकै क्रोधित भए। तब सुग्रीवलाई आफूले विलासितामा आएर कति ठूलो अपराध गरेको रहेछु भन्ने आभास भयो।
सुग्रीवले आफ्नो वचन बिर्सिएर विलासितामा डुबेकोप्रति लज्जित हुनुपर्यो। उनले माफी पनि माग्नु पर्यो। त्यसपछि सीताको खोजी सुरु भयो
यो प्रसंगबाट के शिक्षा पाइन्छ भने हामी सानो सफलतापछि यदि त्यसमै रमायौं भने लक्ष्मबाट विचलित हुन्छौं। कहिले काँही सानो सानो सफलता हामीमाथि हावी हुन्छ। त्यसलाई रोक्नुपर्छ। नत्र हामी ठूलो सफलता हासिल गर्न सक्दैनौं।
Facebook Comment