पूर्व भारतीय राजदूत रञ्जित रे भन्छन् – ‘नेपालमा चीनको अर्बौं डलर लगानी कुरा मात्रै हो’

डिसी नेपाल
९ मंसिर २०७६ १३:१५

काठमाडौं। नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले नेपालमा चीनले गर्ने भनेको अर्बौं डलरको लगानी कुरा मात्र भएको र कार्यान्वयन नहुने दावी गरेका छन् । भारतीय मिडिया द वायरलाई दिएको एक अन्तरवार्तामा उनले यस्तो दावी गरेका हुन् ।

‘अहिले अर्बौ डलरका चिनियाँ परियोजनाको कुरा गरिएको छ, यो कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्दैन’ उनले भने ‘भारतसँगको व्यापारमा फाइदा नहुन्जेलसम्म नेपालमा यति ठूलो रकम लगानी गर्नुपर्ने चीनको सामारिक स्वार्थ देख्दिनँ ।’ चीनले भारतको उत्तर प्रदेश र बिहारका बजारमा आफ्नो सामान पुर्याउन सम्ने अवस्थामा मात्र नेपालमा रेल बनाउने उनले दावी गरे । यद्यपि नेपालमा चिनियाँ उपस्थिति बलियो भएको र यो बढ्दै गएकोमा भने उनले चिन्ता व्यक्त गरे ।

पूर्वराजदूत रेले हालै नेपालमा चिनियाँ राष्ट्रपति आएकोतर्फ इंगित गर्दै यदि अहिले नेपालमा नेपाली कांग्रेसको सरकार भएको भए त्यो सरकारले यसरी चीनलाई स्वागत नगर्ने बताए । नेपालका कम्युनिस्टहरुले भारतलाई समस्याको रुपमा लिने भएकोल उनीहरु चीनतर्फ ढल्किने गरेको उनले बताए । ‘कम्युनिष्टहरु भारतलाई ठूलो समस्याको रुपमा हेर्छन्, चीनलाई स्वागत गर्छन्, अहिले कम्युनिष्टको शाक्तिशाली सरकार छ’ उनले भने ‘कांग्रेसको सरकार बनेको समयमा अवस्था फरक हुन्छ, उसले आन्तरिक राजनीति लगायतका विषयमा यति खुला र हार्दिकतासाथ चीनलाई स्वागत नगर्न सक्थ्यो ।’

पूर्वराजदूत रेले नेपालले संविधान जारी गरेपछि भारतले नाकाबन्दी नलगाएको दावी गरे । उनले त्यतिबेला नेपाल प्रवेश गर्ने सबै नाकाहरु बन्द नभएको पनि दावी गरे । ‘आन्दोलनकै बीचमा संविधान जारि गरियो जतिबेला ४०–५० जना प्रदर्शनकारी तराईमा मारिइसकेका थिए’ उनले भने ‘त्यसैले तराईमा मानिसले नाकामा अवरोध गरे, विशेषगरी रक्सौल वीरगञ्जमा अवरोध भयो । दसगजामा बसेका उनीहरु त्यहाँबाट हट्न मानेनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *