काठमाडौंबाट साउदी जान लागेका भारतीय नागरिकको झोलामा ठूलो परिमाणमा अवैध रकम
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया जान लागेका एक भारतीय नागरिकको साथबाट ठूलो परिमाणमा अवैध विदेशी मुद्रा बरामद भएको छ । विमानस्थल प्रहरीका अनुसार उनले झोलामा फल्स बटम बनाइ रकम लुकाएर लैजान लागेका थिए ।
आइतबार बेलुकी साढे ५ बजे फ्लाइ दुबइको उडानबाट साउदी अरेबिया जान लागेका भारतीय नागरिक अस्फाक मिर्जाको साथबाट अवैध साउदी रियल १ लाख ५९ हजार (नेपाली रुपैयाँ करिब ४९ लाख) बरामद भएको हो । प्रहरीले उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।
प्रतिक्रिया
Facebook Comment